Comments Add Comment

Advertisment

SKIP THIS

चेकमार्फत घुस, २८ लाखसहित इन्जिनियर पक्राउ

२ कार्तिक , काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्।

१६ लाख नगद र १२ लाखको चेकसहित उनीहरू नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनीहरूलाई अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

इन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै