Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेशहरुबीच एकताको आवश्यकता छ : प्रधानमन्त्री देउवा

१६ पुष काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार काठमाडौँको सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा देउवाले अहिले संघीय संरचना अवलम्बन गरेकोभन्दै सात प्रदेशबीच एकता आवश्यक भएको बताका हुन्।

उनले अहिलेको मेलमिलाप भनेको सात प्रदेशबीचको एकता भएको जिकिर गरे । नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मासाथ गरेको उनको भनाइ छ । उनले संघीयताका बारेमा मानिसमा अझै पनि संशय पैदा भएकाले मुलुकुलाई एकतावद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।

कार्यक्रममा प्रधानमन्त्री देउवाले संग्र्रहालयमा रहेको बीपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment