Comments Add Comment

Advertisment

SKIP THIS

४ वर्षदेखि थन्कियो ३३ करोडको मेसिन : क्यान्सरको रेडिएसन थेरापी ठप्प

१७ मंसिर , काठमाडौ । चित्लाङ टिस्टुङ पालुङका ६५ वर्षीय हरिकृष्ण देउलालाई साताअघि दिसा बस्न गाह्रो भयो ।

क्लिनिकमा जँचाउँदा बिग्रिएका कोषिका टुक्रिएर जम्मा भएको र क्यान्सरको लक्षण देखापरेको भन्दै थप उपचारमा जान भनियो । उनी वीर अस्पताल पुगे । त्यहाँ क्यान्सरको उपचार गर्ने मेसिन बिग्रिएको भन्दै निजी अस्पताल रेफर गरेपछि उनी हरिसिद्धिको नेपाल क्यान्सर अस्पतालमा छन् ।

वीर अस्पतालमा विकिरण व्यवस्थापन गर्न बंकर खाली नभएकाले बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा राखिएको मेसिन र वीरको अंकोलोजी विभागमाकामविहीन बनेको उपकरण ।

वीरमा मेसिन बिग्रिएकै कारण एक महिनाअघि पनि उनले डेढ लाख खर्चेर निजीमा पेटको क्यान्सरको उपचार गराएका थिए । मलद्वारमा क्यान्सर भएका उनी अहिले मृत्युसँग लडिरहेका छन् । ‘रेडिएसन थेरापी विकिरण दिएर गरिने उपचार० मार्फत कम्तीमा एक महिनासम्म उपचार गराउनुपर्छ,’ उनका छोरा भन्छन्, ‘यसका लागि चिकित्सकले दुई लाखभन्दा बढी खर्च लाग्छ भनेका छन् ।’

ललितपुर गोदावरीका ६७ वर्षीय रामबहादुर महर्जन पनि वीरमा उपचार नपाएपछि हरिसिद्धिस्थित क्यान्सर अस्पताल पुगे । उनको घाँटीमा क्यान्सर छ । ‘क्यान्सर अन्यत्र फैलिएको छरछैन भनी जाँच गर्नमात्रै ७० हजार खर्च लाग्यो,’ उनका ज्वाइँले भने, ‘एकपटक जाँच गर्न कहिले २४ हजार त कहिले २३ हजार रुपैयाँ तिर्नुपर्छ ।’ उनका अनुसार घाँटीमा क्यान्सर भएकाले अप्रेसन गर्न मिल्दैन । विकिरणमार्फत क्यान्सर भएको कोषिका नष्ट गर्नुपर्छ । यसका लागि दुईदेखि तीन महिनासम्म रेडिएसन दिनुपर्छ । ‘औषधिबाहेक उपचारमा मात्रै ३ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ,’ उनले भने ।

दोलखाकी अञ्जुदेवी श्रेष्ठ पनि पेटको तल्लो भागमा क्यान्सर भएर निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेकी छन् । उनका श्रीमान् हरिकृष्णका अनुसार ३ लाख रुपैयाँ खर्च भइसकेको छ ।

सरकारीमा उपचार नपाएर निजीमा पाँच लाख रुपैयाँसम्म खर्चेर उपचार गर्ने उनीहरूजस्तै अरू पनि छन् । रेडिएसन थेरापीमार्फत हुने यही उपचार वीरमा गराउँदा ६ साताको ५ हजार ५ सयमात्र खर्च लाग्छ । दुई सातामात्र रेडिएसन दिए पुग्ने भए ४ हजार ५ सय रुपैयाँमा उपचार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै