ललितपुर, ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ११ स्थित चापागाउँ-लगनखेल सडक खण्डमा चल्ने यात्रु बोक्ने बसले लुकाई छिपाई ल्याउदै गरेको ८२० लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले बताए ।
अवैध घरेलु मदिरा उत्पादन गरी ओसारपसार हुदै छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ खटिएको प्रहरी टोलीले उक्त बसलाई रोकि खानतलासी गर्दा अवैध घरेलु मदिरा बरामद गरेको हो ।

एसएसपी शाहका अनुसार ललितपुरको दक्षिण भेगबाट आउने यात्रु बाहक भाडाको बसमा अवैध रुपमा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई घरेलु मदिरा ओसार पसार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले शंकास्पद सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चालक ललितपुरको कोन्ज्योसोम गाउँ पालिका वडा नं. ४ नल्लु बस्ने वर्ष ३७ को दिपक स्याङ्तान तामाङ्गले नल्लुबाट लगनखेल ल्याउँदै गरेको बा. ३ ख ६२५७ नम्वरको यात्रु बाहक भाडाको बसलाई ललितपुरको गोदावरीमा रोकेर चेकजाँच गर्दा उक्त वस भित्र यात्रु बस्ने सिटको बिच बिचमा २० लिटर दरको ४१ ग्यालेन (२०×४१= ८२० लिटर ) घरेलु मदिरा फेला परेको र उक्त मदिरा तथा दिपक स्याङ्तान तामाङ्गलाई कानून वमोजिम कार्वाहीको लागि प्रहरीले नियन्त्रणमा लिईएको छ ।








