Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचनमा दाङको भारत संग जोडिएको सिमा नाकाहरु ३ दिन बन्द हुने : एसपी काफ्ले

२५ बैशाख , काठमाडौं । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको दाङ एसपी काफ्लेले बताए ।

बैठकमा दाङका प्रजिअ हिरालाल रेग्मीसहित दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले राष्ट्रिय अनुसन्धानका प्रमुख अर्जुन भण्डारी नेपाली सेनाका प्रमुख सशस्त्र प्रहरीका प्रमुख लगायत दुई जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको दाङ एसपी काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै