Comments Add Comment

Advertisment

SKIP THIS

पाटेबाघको सङ्ख्या किन दोब्बर बढाउन खोजिँदैछ ?

१९ मंसिर काठमाडौ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (आइतबार) देखि पाटेबाघ (रोयल बंगाल टाइगर|)गणना थालेको छ ।

यो पटक गणना गर्दा नेपालमा बाघको सङ्ख्या २५० पुग्ने अपेक्षा सरकारले राखेको छ, जुन सन् २००९ मा फेला पारिएकाभन्दा दोब्बर हुन आउँछ । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्न सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता नै गरेको छ ।

सरकारले नेपालमा पाटेबाघको सङ्ख्या किन दोब्बर बनाउँदैछ त यसको प्रमुख कारण हो – बिरालो प्रजातिको सबैभन्दा ठूलो यो सुन्दर प्राणीलाई लोप हुनबाट बचाउनु ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) अहिले विश्वका ३८ हजार ५०० जैविक प्रजाति विलुप्त हुने खतरामा छ । नेपालसहित, भारत, भुटान र बंगलादेशमा पाइने पाटेबाघ पनि यही खतराको सूची अर्थात् रेड लिस्टमा छ । सन् १९१० ताका विश्वभर बाघको सङ्ख्या एक लाख हाराहारीमा रहेको अनुमान गरिन्छ ।

सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० भन्दा तल झरिसकेको थियो । निरन्तर घट्दै बाघ विलुप्त हुने जोखिम बढेपछि सन् २०१० मा रुसको पिटर्सवर्ग शहरमा एक सम्मेलन भएको थियो ।

सो सम्मेलनमार्फत बाघ पाइने देशका कार्यकारी प्रमुखहरूले सन् २०२२ सम्म आफ्नो देशमा दोब्बर पार्ने र विश्वभर बाघको सङ्ख्या ७००० पुर्‍याउने लक्ष्यसहित प्रतिबद्धता जनाएका थिए । सो सम्मेलनमा नेपाल पनि सहभागी थियो ।

त्यसैकारण, आजबाट थालिएको गणना सम्पन्न भएपश्चात आउने नतिजाले बाघ संरक्षणमा नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने आशा छ । नेपालमा पाटेबाघ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ ।

नेपालको तराइ र चुरे क्षेत्र नै पाटेबाघको प्रमुख वासस्थान भएको, तर कहिलेकाहीँ मध्य र उच्च पहाडमा पनि बाटेबाघ पुग्ने गरेको बाघबारे विद्यावारिधि गरेका डा.कञ्चन थापाले रातोपाटीलाई जानकारी दिए । तराइ क्षेत्रमा भूउपयोगमा परिवर्तन आउँदा वासस्थान अवस्था २० वर्ष अघिको जस्तो नभएकाले पहाडतिर पनि पाटेबाघ पुगेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै