Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा १३ औँ मानवअधिकार महाभेला आयोजना

१९ मंसिर काठमाडौ । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा १३ औँ मानवअधिकार महाभेला आयोजना गरिएको छ ।

राष्ट्रिय मानवअधिकार महाभेला मुल आयोजक समितिले उक्त भेला आयोजना गरेको हो । उक्त कार्यक्रममा मूल आयोजकमा शान्तिका लागि साझा अभियान (कोक्याप) सहसंयोजक फिड्रम फर अल नेपाल (फान) र शान्ति फाउण्डेसन रहेका छन ।

“विधीको शासन कायम गरौं, मानव अधिकारको सम्मान गरौं” भन्ने मूल नाराका साथ १३ औं मानव अधिकार राष्ट्रिय महाभेला २०७८ मंसीर २२ देखी २८ गतेसम्म गर्ने आयोजकले जनाएको छ ।

नेपालमा मानव अधिकार, शान्ति, लोकतन्त्र, सुसाशन र दिगो विकासका पक्षमा क्रियाशील नागरिक संघ संस्था, मानव अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त पहलमा, सन २००९ देखी प्रत्येक वर्ष मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रम आयोजना हुँदै आएको छ ।

मानव अधिकारको संरक्षण, सम्वद्र्धन र विकास गर्न, लोकतन्त्र र सामाजिक न्यायलाई संस्थागत गर्दै विधीको शासन स्थापित गर्न तथा राज्यलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउनु यस महाभेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्र सहित सामाजिक न्याय, समानुपातिक समावेसीता, र धर्म निरपेक्षताको प्रत्याभूत गरेको छ । तथापी आम नागरिकले संविधानले व्यवस्था गरेका हकको उपभोग गरेको महसुस गर्न सकिरहेका छैनन् ।

राज्यद्वारा प्रदत्त राजनीतिक तथा नागरिक अधिकार एंव आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक राज्यको दायित्व हो ’ अपिलमा भनिएको छ । महिलामाथी हुने यौन दुव्र्यवहार, बलात्कार, हत्या जस्ता सामाजिक अपराध, र असमान खालका अन्यायपूर्ण व्यवहारहरु वढ्दै गएको आयोजकले जनाएको छ ।

यावत समस्या समाधानका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा पछिल्लो समयमा विधीको शासनमा क्षय हुँदा नागरीकको जीवन चुनौतीपूर्ण र जोखिमयुक्त बनेको पनि अपिलमा भनिएको छ ।उक्त महाभेलाको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै