Comments Add Comment

Advertisment

SKIP THIS

बुटवलको एक पसलबाट पाँच करोड बराबरको गरगहना चोरी

१४ बैशाख , काठमाडौं । बुटवलको एक पसलबाट ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । बिपी चोकमा अवस्थित नन्दराम सुनारको सुनचाँदी पसल सुन र चाँदी चोरी भएको हो ।

उक्त चारी भएको गरगहनाको मूल्य करिब पाँच करोड बराबरको रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा ती पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले जानकारी गराए ।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको र पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको प्रहरीको आशंका गरेको छ ।

योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए । चोरीमा भारतीय नागरिकको संलग्न रहेको आशंका गरिएको छ ।

सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए । उनले पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भएपनि संलग्नहरू पक्राउ नपरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजिभइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै