०९ फागुन , काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा कार्यरत एसपी कमल थापालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौं पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा सरुवा गरेको छ भने जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विमल कडेललाई पठाइएको छ ।
एसपी रवीन्द्र रेग्मीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी दिइएको छ । प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मेवारी दिइएको छ ।
यस्तै बागमती प्रदेश प्रहरी गण हेटौंडाका एसपी केदार खनाललाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौं पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखाका गंगा पन्तलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा, रानीपोखरीमा पठाइएको छ ।




