२४ मंसिर काठमाडौ । कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
आज बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित घोडाघोडी नगरपालिका-३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई पक्राउ गरिएको हो ।
उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउण्ड गोली लगायतका घरेलु हतियार समेत बरामद गरिएको छ ।





