Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंका दुई गुन्डा पक्राउ

२० मंसिर काठमाडौ । काठमाडौंका दुई टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गंगाहिटीका मिलन जोशी र बालुवाटारका रबिन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।

उनीहरुले आफुहरु सो एरियाको ‘दादा’ भएको भन्दै पानीपोखरीमा रहेको यूनिभर्सल इन्टरनेशनल मेनपावरका सञ्चालकलाई धम्काउँदै पैसा मागेका थिए । त्यसरी धम्काएर ९० लाख ५० हजार लिइसकेको र थप रकम मागेका थिए ।

लकडाउनका कारण सञ्चालकले पैसा दिन नसकेपछि उनीहरुले कार्यालयमै गएर धम्काएको प्रहरीले जनाएको छ । दुवै जनालाई मित्रपार्कबाट पक्राउ गरेको र अपराधिक लाभ लिएको कसुर मुद्दामा प्रहरीले कारबाही गरेको छ । काठमाडौंका केही टोलमा यस्ता गुन्डाहरुले दुःख दिने गरेको भएमा उजुुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै