२१ मंसिर, काठमाडौ । चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात सुरु भएको छ ।
मौसम पूर्वानुमान शाखाले आगामी दिनमा चिसो अझै बढ्ने जनाएको छ ।
यतिबेला उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्मे भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।








