Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा आज बिहानै भूकम्पको धक्का

५ जेठ, काठमाडौं ।  नेपालमा आज बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्र बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । भूकम्पले भएको क्षतिबारे विवरण आउन बाँकी छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको परकम्प गएको थियो ।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै