नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु -
Comments Add Comment

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु

२७ पौष , काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी दुई बैंक मर्जरपछि बुधबारदेखि नेपाल इन्भेष्ट मेगा बैंकको नाममा औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको हो ।

१००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाल बैंक मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा पनि १०० कित्ता नै सेयर हुनेछ ।

दुवै मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे हुने न् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरिएको छ ।

मर्जरपछि बैंकको कूल पूँजीकोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।

यस्तै शाखा सञ्जाल २५७, एक्सटेन्सन काउन्टर ५९ र एटीएम संख्या २७५ पगेको छ । त्यस्तै ग्राहक संख्या ३० लाख पुगेको बैंकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds