Comments Add Comment

Advertisment

SKIP THIS

सेतो टावर चढ्नेको चाप थेगिनसक्नु, बार्दलीमा बस्ने समय घट्यो-कोटा भने बढ्यो

४ असोज , काठमाडौ । संविधान दिवसको अवसरमा धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएपछि हेर्न जानेको घुईचो लागेको छ ।

संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको धरहरा चढ्नका लागि केही दिन निःशुल्क गरिएको छ । हाललाई अनलाइनमार्फत आफ्नो नाम दर्ता गरेर धरहरा हेर्ने व्यवस्था गरिएको छ ।

अनलाइनमार्फत नाम दर्ता गर्नुपर्ने व्यवस्थाले धरहरा हेर्न पुगेका सर्वसाधारण भने अल्मलिएका थिए । करिब १० मिनेट टुप्पोमा बसेर अवलोकन गर्न पाउने व्यवस्थासहित दैनिक करिब ५ सयजनालाई चढ्नेगरी व्यवस्था गरेपनि चापका कारण एक हजार जनाले दैनिक हेर्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले २०७८ वैशाख ११ मा आधा काम पनि नसकिँदै धरहराको उद्घाटन गर्नुभएको थियो । त्यतिखेर धरहराको अधिकांश काम बाँकी थियो । अहिले पनि करिब ५ प्रतिशत काम बाँकी हुँदै खुला गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment