Comments Add Comment

Advertisment

SKIP THIS

बनेन भत्केको विद्यालय, खुला आकाशमै पठनपाठन

२२ मंसिर काठमाडौ । भनिन्छ विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हाे । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ ।

शिक्षाविनाकाे मानिस ‘अन्धो’ कहलाउँछ । शिक्षाले नै बालबालिकाको सर्वाङ्गीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ । तर, कर्णालीकाे विकट बस्तीका बालबालिका शिक्षा आर्जन गर्ने थलाे विद्याालय अभावमा अन्धकारमा बाचिरहेका छन् ।

यहाँका कतिपय स्थानमा विद्यालय भवन अभावले विद्यार्थीहरू चौरमा बस्न बाध्य छन् । कही बालबालिकाले शिक्षकको मुख नै देख्न पाउँदैनन् । अझ भनौँ दुर दराजका विद्यार्थी त्यो अन्धकारबाट बाहिर निस्कन सकेको छैनन् ।

ज्ञानकाे ज्याेतिमार्फत बाहिरी दुनियाँमा रमाउन खोजे पनि उनीहरूलाई पढ्न सक्ने वातावरण उपलब्ध छैन । यही कारण कतिपयले बिचैमा पढ्न छोड्छन् ।

विद्यार्थीलाई पढ्नको लागि जुन वातावरण हुनुपर्थ्याे त्यो नहुँदा बिचैमा पढाइ छोड्ने विद्यालय जान नमान्ने जस्ता समस्याले उनीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ । यसकाे प्रतिनिधिमुलक उदहारण हाे दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका-५ बस्ताकोटस्थित जनता माध्यामिक विद्यालय ।

त्यहाँ न त विद्यालय भवन छ न त पढ्ने वातावरण नै छ । २०४० सालमा स्थानीय स्रोतसाधनबाट निर्माण भएको याे विद्यालयको भवन भति्कदा न त नयाँ भवन निर्माण भयो, न भत्केको भवन पुनःनिर्माण हुन सकेकाे छ ।

स्थापनाकालदेखि अहिलेसम्म भवन बनाउने योजना नपरेको सोही विद्यालयमा अध्यापन गराउँदै आएको शिक्षक रामशरण रेग्मी बताउँछन् । ‘भवन भत्किने अवस्थामा थियो,’ उनले भने, ‘पटक पटक नगरपालिकासँग पनि अनुरोध गर्याै तर केही भएन ।

८ भदाै ०७८ मा परेको अविरल वर्षाले भवन भत्कियो । अहिलेसम्म पुननिर्माणमा कसैले चासो देखाएका छैनन् । भवन नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमुनि पढाउन बाध्य छौँ ।’

८ भदाै ०७८ मा परेको अविरल वर्षाका कारण भवन भत्किएपछि हावा चलेपछि विद्यालय बन्ध गर्नुपर्ने अवस्था रहेकाे विद्यालयका प्रधनाध्यापक जनक कार्की बताउँछन् ।

भवन भत्किएको छ हावा चल्यो, पानी पर्याे भने विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग अरू भवन छैनन् । खुला आकाशमुनि पढाउनु पर्ने बाध्यता छ । हावा लाग्दा पानी पर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै