Comments Add Comment

Advertisment

SKIP THIS

भेरीका प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

१८ पुष ,काठमाडौ । जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकामनजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । सभापति बुढा वडाध्यक्ष समेत हुन् । उनीहरूको साथबाट २ लाख नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment