Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीले टुंग्यायो २९९ केन्द्रीय सदस्यको नाम : बन्दसत्रमा अध्यक्षले घोषणा गर्ने

१८ पुष ,काठमाडौ । नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय समिति सदस्य टुंग्याएको छ ।

बन्दसत्र सुरु हुनुअघि आइतबार बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुंगिएका जानकारी दिएका हुन् ।

स्थायी समिति बैठकपछि नेता गणेश शाहले बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर सुनाउने जानकारी दिएका थिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै केन्द्रीय कमिटी बैठक बसेर १५ सदस्यीय पदाधिकारी चयन गर्ने शाहको भनाइ छ ।

काठमाडौंमा जारी माओवादीको आठौँ महाधिवेशनले यसअघि प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ । आजै नयाँ नेतृत्व चयन गरेर महाधिवेशन समापन गर्ने माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै