Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरबाट माओवादी केन्द्रीय सदस्यमा २ जना महिला

१९ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् ।

केन्द्रीय सदस्य चयन हुने दुवै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनीहरूको नाम घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् । त्यस्तै नेपाली दलित कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment