Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रे प्रहरीले अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ

काठमाडौं । काभ्रे प्रहरीले अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभूते रहेका छन् ।

उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बनेपा नगरपालिका वडा नम्बर ७ स्थित सुर्य शाक्यको घरमा डेरा गरी बस्ने उनले अवैध रूपमा ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

जसअनुसार खानतलासीका क्रममा बिल नभएको सुन २३५.९ ग्राम सुन, १९०१.२६ ग्राम चाँदी, स्रोत नखुलेको पाँच लाख छयत्तर हजार एक सय पैँतिस रुपैयाँ र भारतीय नगद २२ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उल्लेखित सामान तथा उक्त कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै