Comments Add Comment

Advertisment

SKIP THIS

आजको राशिफल : वि.सं.२०७८ फाल्गुन २ गते सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईंको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यसपालिको प्रेम दिवसमा साथीले अकस्मात् उपहार दिन सक्छन् । साथी दिनभरी तपाईँसँगै जोडिने र महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

तपाईंको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अकस्मात् कसैले प्रेम प्रस्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रस्ताव राख्नु उपयुक्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाईंको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले विशेष उपहार दिन सक्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

तपाईंको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ मायालु व्यक्तिको पहिचान पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

तपाईंको लागि यसपालिको प्रेम दिवसमा वाणीमा संयमता नअपनाए प्रेम र मनोरञ्जनमा उल्झनको सामना पनि गर्नु पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

तपाईंको लागि यसपालिको प्रेम दिवस खुसीले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकमय रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।

तपाईंको दिन शुभ रहोस् । -ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

तपाईंको राशिफल

आज तपाईंको शुभ दिन राशिफलबाट

आज २०८० साल साउन २२ गते सोमबारको राशिफल

आज शनिबारको राशिफल

Advertisment

छुटाउनुभयो कि? सबै

आज तपाईंको शुभ दिन राशिफलबाट

तपाईंको राशिफल

आज २०८० साल साउन २२ गते सोमबारको राशिफल