Comments Add Comment

Advertisment

SKIP THIS

डेंगु फैलिएपछि सुरु भयो हटलाइन सेवा, एम्बुलेन्स सेवा पनि निशुल्क

३१ भाद्र , काठमाडौँ । डेंगु फैलिएपछि काठमाडौँ महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको छ । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ ।

आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ । ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै