९ असोज , काठमाडौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय महिला ट्राफिक प्रहरी गुल्म, रामशाहपथ दरबन्दी भई ट्राफिक प्रहरी बृत्त जनसेवामा कार्यरत प्रहरी सहायक हवल्दार सरिता सुनारलाई २०८१ भदौ महिनाको TRAFFIC POlICE OF MONTH घोषणा गरिएको छ ।

प्रहरी सहायक हवल्दार सरिता सुनारले ड्यूटीको क्रममा दुरुस्त अवस्थामा रही सवारी आवागमनलाई सुचारु रुपमा संचालन गरी तथा माथिल्लो कमाण्डरले दिएको जिम्मेवारी पुरा गर्ने गरेको, विदेशी तथा स्वदेशी अति विशिष्ट तथा बिशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई सहज बनाउने, ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारवाहीको दायरामा ल्याई चुस्त दुरुस्त रहि बिभागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरस: पालना गर्दै आफुलाई खटाईएको स्थानहरुमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन आफुलाई तोकिएको जिम्मेवारी बिवाद रहित तवरले पुरा गर्ने जस्ता कार्य गरी सर्वसाधारणबाट सकारात्मक पृष्टपोषण प्राप्त हुनुको साथै निजले गरेको हालसम्मको कार्य सम्पादनस्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाईएकोले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला बढ्न जाने तथा त्यसबाट जिम्मेवारी निर्वाहमा हरेक कर्मचारीहरुमा सकारात्मक प्रभाव पर्न गई संगठनको व्यबसायिक कार्यदक्षतामा उच्च सुधार भई आगामी दिनहरुमा हरेक प्रहरी कर्मचारीहरुबाट हुने कार्यसम्पादनमा थप गुणात्मक सुधार हुने तथ्यलाई दृष्टिगत गरी निजले गरेको कार्यको कदर स्वरुप २०८१ भदौ महिनाको TRAFFIC POlICE OF MONTH घोषणा गरिएको छ ।