Comments Add Comment

Advertisment

SKIP THIS

जिरे खुर्सानीका उत्तम कोदेले बनाउन लागे ”एक्का बाशाह” फिल्म

२१ पुष, काठमाडौ । नेपाली कथानक चलचित्र ”एक्का बाशाह” निर्माण हुने भएको छ ।

जिरे खुर्सानी लगायत विभिन्न हास्य टेलिश्रीङ्खला, आधा दर्जन चलचित्र,महजोडी सँग लामो समय अभिनय गरिसक्नु भएका कलाकार तथा निर्देशक उत्तम कोदेले चलचित्र निर्माणको घोषणा गर्नुभएको हो ।

चलचित्रञएक्का बाशाहझओजस फिल्म स्टुडियोको सहकार्यमा निर्माण हुने भएको हो । चलचित्रको निर्देशकका रूपमा ग्याम्जो लामा रहनुभएको छ । पटकथा तथा चलचित्र लेखन बाबुराम निरौलाको रहने छ ।

चलचित्रलाई सम्पादन नरोत्तम पाण्डेले गर्नु हुनेछ भने, चलचित्र काठमाडौं, नुवाकोट, रसुवा लगायत हिमाली भेगमा छायांकन हुने निर्माण टिमले बताएको छ ।

चलचित्रको मुख्य कलाकार तथा अन्य प्राविधिक विषयहरू भने घोषणा हुन बाकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै