Comments Add Comment

Advertisment

SKIP THIS

ओलीभन्दा आलोचित बन्यो प्रचण्डको महाधिवेशन

२१ पुष, काठमाडौ । मंसिर दोस्रो हप्तातिर नारायणी किनारमा नेकपा एमालेको १० औँ महाधिवेशन चलिरहँदा त्यसलाई धेरैले ‘ओलीवेशन’को संज्ञा दिए ।

संसद विघटन गरेर सत्ता गुमाएपछि प्रतिपक्षी दलमा सीमित बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली केन्द्रित महाधिवेशन ‘ओलीवेशन’ बनेको थियो ।

जहाँ ओलीले चाहेका व्यक्ति पदाधिकारी बने । केन्द्रीय सदस्य बने । ओलीले नचाहेका व्यक्ति सूचीमै समेटिएन । नेतृत्व र पदाधिकारीमा आउन चाहेका नेताहरुलाई चुनाव गरेर पराजित गरियो । त्यसकारण एमालेको १० औँ नयाँ नेतृत्व ल्याउने महाधिवेशन कम ‘ओलिवेशन’ ज्यादा बनेको भन्दै टिप्पणी गरिएको थियो । यसरी एमालेको महाधिवेशनलाई ओलीवेशनको संज्ञा दिनेमा माओवादी नेता कार्यकर्ताको लाम लामै थियो ।

संसद विघटनपश्चात एमालेसँग विभाजन भएको माओवादी केन्द्र ओलीभन्दा धेरै क्रान्तिकारी पार्टी भएको नेता कार्यकर्ताको रुझान थियो । यो देशकै एउटै परिवर्तनको संवाहक माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको माओवादी नेता कार्यकर्ताको बुझाइ थियोरछ ।

तर, लगभग एउटै समयमा भएका एमाले र माओवादी पार्टीको महाधिवेशन हेर्दा ओलीभन्दा चर्को आलोचना प्रचण्डको भयो । एमालेको ओलीवेशनभन्दा प्रचण्डको हठात ‘टिके’ महाधिवेशन बदनाम बन्यो । जसले दुवै आफूलाई क्रान्तिकारी भन्ने पार्टी चरम ‘टिके’प्रथाबाट गुज्रिरहेको प्रष्टीकरण दिन्छ ।

ओली र प्रचण्डको समानतास् टिके प्रथाको जगजगी

ओलीको महाधिवेशनलाई प्रचण्डले एक हुल झुण्डको संज्ञा दिन्थे । संसद् विघटनपछि बिग्रिएको सम्बन्धलाई प्रचण्डले झन् बिगार्ने गरी ओलीको आलोचना गर्न कुनै शब्द बाँकी राखेनन् । ओलीले नाम टिपेर केन्द्रीय सदस्य घोषणा गरे ।

सौराहामा ओलीले नाम वाचन गरेर केन्द्रीय सदस्य निर्वाचित गर्दा एमाले पार्टी काम ओली कम्पनी ज्यादा बनेको परिदृश्य देखिएको थियो । केन्द्रीय सदस्यको नाम वाचन गरेका ओलीले पदाधिकारी पनि त्यसै गरी टुङ्ग्याए ।

आफूले चाहेका व्यक्ति ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर ओलीले शंकर पोखरेललाई महासचिवको चाबी दिए । अनि भीम रावल र घनश्याम भुसाललाई ‘भित्तामा पुर्‍याए पनि’ चुनावमा जानबाट रोक्न सकेनन् । अन्ततः ओलीको महाधिवेशनलाई भीम रावल र घनश्याम भुसालले आफू हारेर भए पनि एमालेको महाधिवेशन बनाएरै सम्पन्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै