Comments Add Comment

Advertisment

SKIP THIS

‘नेपाल साईबर सुरक्षामा उच्च जोखिम’

२१ पुष, काठमाडौ । नेपाल साईबर सुरक्षामा उच्च जोखिममा रहेको सम्बन्धीत क्षेत्रका विज्ञहरुले औँल्याएका छन् । ‘देश विकासमा सूचना प्रविधिको महत्व र साईबर सुरक्षा’ विषयक छलफलमा सो कुरा औँल्याइएको हो ।

बुटवल उद्योग वाणिज्य संघद्वारा आयोजित सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा नासाका वैज्ञानिक प्राध्यापक डा। रामहरी सुवेदीले देशको विकासमा सूचना प्रविधिको महत्व तथा साईबर सुरक्षाको चुनौती र सुरक्षा उपायबारे प्रस्तुतीकरण गरेका थिए ।

विकसित देशका उदाहरणहरु प्रस्तुत गर्दै उनले देशको विकासमा प्रविधिको प्रयोग र त्यसमा देशका दक्ष जनशक्तिको परिचालनमा समेत जोड दिए । उनले साईबर सुरक्षा सावधानी नअपनाएका कारण नेपाल साईवर सुरक्षामा हाई रिक्स (उच्च जोखिम)मा रहेको बताए ।

प्रविधिको प्रयोग र साईवर सुरक्षामा नेपालले नीतिगत तहमै तयारी गर्नुपर्ने भन्दै निकट भविष्यमा देखिने प्रविधिको विकास, त्यसमा आवश्यक जनशक्ति उत्पादन र साईवर सुरक्षामा अहिलेदेखि नै तयारी गर्नुपर्ने उनको सुझाव छ ।

यसैगरी विकसित मुलुकहरुले युवा जनशक्तिको सीप र क्षमतालाई आफ्नै देशमा सदुपयोग गरेका कारण अहिले ती मुलुकले विकासको गति लिन सकेको उनले बताए । देशको विकासका लागि सरकारले नीतिगत रुपमै व्यवस्था गरेर प्रविधि र सीपयुक्त जनशक्तिलाई लक्षित गरि ‘हाई पेईङ जब्स’ सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

मंगलबार सम्पन्न छलफल कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाबारे चर्चा गर्दै औद्योगिक विकासको लागि अब सरकारले प्रविधिमा जोड दिनुपर्ने बताए । त्यसमा निजी क्षेत्रको तर्फबाट के गर्न सकिन्छ, आफूहरु तयार रहेको उनले बताए ।

यस्ते, महासंघका सदस्य तथा स्वास्थ्य समितिका उपसभापति भक्त हमालले मुलुकको औद्योगिक तथा व्यवसायिक विकासमा प्रविधिको महत्वपूर्ण भूमिका रहने र प्रविधिको प्रयोगमा साईवर सुरक्षा चुतौतिको रुपमा खडा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, लुम्बिनी प्रदेश कानुन मन्त्रालयका सचिव राजेन्द्र थापाले सूचना प्रविधिको प्रयोगका लागि नीतिगत रुपमा केही प्रगति भएपनि त्यसको कार्यान्वयनमा व्यवहारिक कठिनाई रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment