१६ असार , काठमाडौ । मुगु जिल्लाको सदरमुकाम गमगढीको फेद भएर बग्ने हुलुम खोलाको कटानका कारण मुगुको सदरमुकाम गमगढी बजार उच्च जोखिममा परेको छ ।
खोलाले बर्षेनी सदरमुकाम तिरको भू–भाग कटान गर्दै लगेपछि सरोकारवालहरुले रोकथामको लागि कुनै पहल नगर्दा ढिस्कोमा रहेको सदरमुकाम पहिरोको उच्च जोखिममा परेको हो ।
खोलाको मुहान रहेको रारा राष्ट्रिय निकुञ्जदेखि खोला मिसिने गमगाढसम्मको करिव ५ किलोमिटर क्षेत्रमा अतिक्रमण बढदै जाँदा, श्रीनगर, चैन, कार्कीवाडा र गमगढी बजारमा बन्ने घरहरुलाई आवश्यक पर्ने ढुङ्गा यसै खोलाबाट निकालिने लगायतको गतिविधिका कारण नदी कटानमा थप बल पुगेको देखिन्छ ।
त्यस्तै सडकहरु वातावरण प्रभाव मुल्याकनविनै जथाभावी खनिँदा खोलासंगै जोडिएको सदरमुकाम गमगढीको दक्षिण तिरको भू–भागमा भासिदै जानुकासाथै पहिरो र कटानको जोखिममा रहेको हो ।

खोला बाट सदरमुकाम २०० मिटरको दुरीमा रहेपनि खोलाले बर्षेनी कटान गदै जाँदा सदरमुकाम तिरको ठाँउमा पहिरो गहिरहेको छ । पहिरो सदरमुकामका घरहरु भएतिर बढी रहदा यसको रोकथाम तिर कसैले ध्यान दिएका छैनन ।
नदी कटानले जमिन भासिँदा सदरमुकाम गमगढीको मुख्य व्यापारिक क्षेत्र जिल्ला समन्वय देखि थापा बोडिङ्गसम्म अन्दाजी ४०० मिटर भू–भागमा फाटेको छ भने यो दिशा तिर कुनै पनि भौतिक संरचना नयाँ बनाए ती संरचना चर्किर्ने गरेका छन्।
यो जोखिम भागमा रहेको जमिन बिगतका बर्षहरुका अन्न खेती उब्जनि गरी जीवन निर्वाह गर्ने ठाउँ हो । तर पछिल्ला वर्षहरुमा दिन प्रतिदिन पहिरो जानाले जग्गाको कुनै निशाना पनि छैनन् ।

यसको रोकथामको लागि हरेक बर्ष लाखौँको बजेट खर्च गरेपनि वालुवामा पानि भएको छ । गमगढी बजार पहिरोको उच्च जोखिममा रहेको भन्दै छाँयानाथ रारा नगरपालिका वडा नम्बर – १ बासी गगन बहादुर मल्लले दुख: व्यक्त गरे ।
गमगढी बजार ननिकै रहेको हुलम खोलाले बगाएको भुक्षे रोकथामको लागि आज सुरुवाति भएपनि पहिलो चरणमा १ सय ५० भन्दा बढी विभिन्न जातको विरुवा लगाइएको छ ।

बिशेषगरी मापदण्ड विपरितका सडक निर्माण लगायतका घरहरु बनाउनले बढी पहिरोको जोखिम बढेको सरोकारवालाहरुको भनाइ छ ।
पहिरो रोकथाम गर्नको लागि जिल्लामा रहेका सरोकारवाला निकायहरुसंग छलफल भई भइरहेको वन अधिकृत अम्मर प्रसाद साहले बताएका छन ।
१० बर्ष पहिलासम्म खेति गरिँदै आएको जमिन पछिल्ला हरेक वर्ष गएको पहिरोले गर्दा चैन, छत्यालबाडा, कार्कीबाड र गमगढी बजारको बिच भागमा बग्ने हुलम खोलामा गएको पहिराले गमगढी बजार, केही खेतियोग्या जमिन र केही वर्षपछि रारातालसमेत प्रभाव पर्ने सम्भावना रहेको स्थानीयको प्रक्षेपण छ ।

उता छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पद्मराज मल्लले भने पहिरो जार्ने स्थानमा विरुवा रोप्ने, ढुङ्गा माटो निकाल्न रोक लगाउन, विरुवाको संरक्षण गर्ने लगायतका काम भइरहेको बताए ।
उनले नगरपालिका र सरोकारवालासंग सहकार्य गरी ५ बर्ष पछि हरियाली बनाइ पहिरो रोकथाम गर्ने तयारी भइरहेकोसमेत बताए ।



