२० मंसिर, काठमाडौ । सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

आज बिहान दाउरा खोज्न गएकी किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ भने किशोरीलाई मेडिकल गर्न पठाएका छ । बलात्कृत किशोरी बलरा नगरपालिका–५ घर भएकी मुस्लिम समुदायकी हुन् ।



