Comments Add Comment

Advertisment

SKIP THIS

जंगलमा पुर्‍याएर नाबालिकाको बलात्कार : ट्रक चालक पक्राउ

२८ वैशाख , काठमाडौ । प्रहरीले १४ वर्षीया नाबालिकालाई जंगलमा पुर्‍याएर बलात्कार गरेको आरोपमा एक जना ट्रक चालकलाई पक्राउ गरेको छ।

सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन् । डाँगीविरुद्ध कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई वैशाख १० गते सामान ल्याइदिएको छु भन्दै ललाइफकाइ जंगलमा पुर्‍याइ बलात्कार गरेको किटानी जाहेरी परेको थियो ।

जिल्ला अदालत सल्यानले घटना अनुसन्धान गर्न डाँगीलाई बिहीबार पहिलो पटक चार दिनको म्याद दिएको छ। डाँगी इलाका प्रहरी कार्यालय लुहामको प्रहरी हिरासतमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment