१० फागुन, काठमाण्डौं । ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यता सुनसरीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्जु गाउँपालिका(४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






