Comments Add Comment

Advertisment

SKIP THIS

धुर्व गजुरेलको “१७ सालमा हराएकी छोरी´´ले न्याय पाईन

३ पुष , काठमाडौं । हिजो मात्र गजुरेलले १७ सालमा हराएकी छोरी माथी दिउसै रात परेको भन्दै आफ्नो सामाजिक सन्जालबाट हालेका थिए ।

 

 

आज फेरी पुन १७ सालमा हराएकी छोरीले न्याय फेसबकको कमेन्ट बाट सुईकार्य भयो र न्याय पाए भन्दै फेरी पोष्ट गरेका छन् ।

यसो भन्छन् गजुरेल :

थाहा पाउनु भयो ? साँझ गएको भूकम्प कति रेक्टर थियो ?
नाटकभित्रको भयानक डरलाग्दो नाटक !
लडेको घर उठाउने भूकम्म !

आदरणीय नाटककार एबं साहित्यकारज्यूहरू
हिजो साँझ मैले पोष्ट गरेको दिउसै रात परेको छ ! भन्ने बिषयको लेखले यति ठूलो तरंग ल्याउदछ भन्ने लागेको थिएन मलाई तर राती नै ठूलो भूकम्प गएछ र मनमैजु साँस्कृतिक समाजबाट आपतकालिन बैठक बसेर भएको निर्णय कमेन्टको रूपमा मेरो लेखको तल यसरी प्राप्त हुन आएको जानकारि गराउन चाहान्छु । मलाई कमेन्ट गरेर, मेसेन्जरमा लेखेर, फोन गरेर कुनै पनि तरिकाले मेरो भनाई प्रति शशक्त तरिकाले आवाज उठाएर मलाई न्याय दिलाउनको लागि साथ दिनुहुने सबै आदरणीय सर्जकज्यूहरू प्रति आभार ब्यक्त गर्दै हार्दिक धन्यबाद दिन चाहान्छु । सामाजिक संजालको फाइदा पनि यहि रहेछ म आफैले ०४६ सालमा लेखेको नाटक १७ सालमा हराएकी छोरीलाई लेखक, निर्देशक र केही पात्रहरू समेत फरक पारेर कुनै पत्रिकामा भोलिका पुस्ताको लागि रेकर्ड को रूपमा प्रकाशन गर्ने कुरा घोर आपतिजनक थियो र छ पनि । सबै कलाकारहरू समेत मेरै साथमा प्रमाणको रूपमा रहेका कारणले सानो न्याय जस्तो त पाएको छु सामाजिक संजालमा चाहिँ । यो पनि नाटक हो वा के हो ? हेर्दैछु । अब पुस्तक भित्र त सच्चाउन कठिन नै छ त ? यश तर्फ प्रकाशकको ध्यान पुगोस । जे होस मलाई बहत्तर सालमा बिनाशकारि भूकम्पले ढलेको घर उठे झै भएको छ आज । अब मैले लेख्ने एउटा नाटक, कविता वा गजल को शीर्षक नै लडेको घर उठाउने भूकम्प ! हुनेछ । नमस्कार । धन्यबाद ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै