Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीको ठुलो सफलता : अनलाइन जुवा खेल्ने १२ जना प्रहरीको फन्दामा

हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्टिङ्ग अप्रेशन नै गरैर पक्राउ गरेको हो ।

हेटौंडाको मुटु मानिएको वडा नम्बर ४ स्थित कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तलामा सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर स्थानीय कुलदिप पाठकले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाउने १२ जना युवालाई पक्राउ गरेको हो । पाठक र अन्य ११ जनाले कोठा भाडामा लिएर अनलाइन जुवा खेल हुन्छ भनेर गोप्य सूचनाको आधारमा उनीहरूलाई रङेगेहात पक्राउ गरेको मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो ।

प्रहरीले पाठकसँगै हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।

पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक कार्कीले अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० थान मोबाइल,३ थान ल्याप्टप,५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको बताए ।पक्राउ परेका सबै माथि म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ।

यसरी मकवानपुर प्रहरीलाई अनलाइन मार्फत हार जित हुनेगरी जुवा खेल्ने गिरोहो नै पक्राउ गरेको पछिल्लो केही बर्ष यताकै ठुलो सफलता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै