Comments Add Comment

Advertisment

SKIP THIS

बतास समूहमा संलग्नता नरहेको कांग्रेस नेत्री डा. आरजुको प्रष्टोक्ति

२२ पुष, काठमाडौ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेण्ट निर्माण गरिरहेको बतास समूहको बतास फाउण्डेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि डा. देउवाले सो विषयमा प्रष्टीकरण दिएकी छन् ।

विहीबार फेसबुकमा स्टाटस लेख्दै उनले आफू संलग्न रहेका संस्थाहरुको नाम उल्लेख गरेकी छन् । उनले ती संस्थाबाहेक अन्य कुनै पनि संस्थासँग आवद्ध नरहेको बताएकी छन् । उनले भेनकी छन्, ‘सञ्चार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’

 

डा. देउवा संलग्न रहेका संस्थाहरु

१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC) (संस्थापक अध्यक्ष तथा सल्लाहकार)

२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)

३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)

४. नामी (अध्यक्ष)

५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)

६. Blood Donors association of Nepal BLODAN (संरक्षक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै