Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टरको ठक्करले कलेज गइरहेका मोरङका एक विद्यार्थीको मृत्यु

२८ पुष , काठमाडौ । मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–७ का २१ वर्षीय निश्चल बानियाँ छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोल्टी पुलमा आज बिहान करिब ५ः ३० बजेको समयमा प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट नेपाल दर्शन कलेज गइरहेका बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment