३ कात्तिक , काठमाडौ । यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम सो सूचीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।
तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भएरनभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यो लिङ्कमा गएर तपाईँले आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर र मतदान केन्द्रको विवरण छानेपछि तपाईँको क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ ।
तपाईँले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिनेछ ।
तपाईँले आफ्नो ठाउँको सही विवरण राखेको खण्डमा मतदाता परिचयपत्रको नमुना पनि हेर्न सक्नुहुन्छ । त्यसका लागि माथि उल्लेखित सबै विवरण भरेर नामावलीमा प्रवेश गर्नुहोस् ।
त्यसपछि जन्ममिति वा नागरिकता नम्बर राख्नुहोस् । त्यसपछि क्याप्चा टाइप गरेर सब्मिटमा क्लिक गर्नुहोस् । यसरी तपाईँले आफ्नो मतदाता परिचयपत्रको नमुना हेर्न सक्नुहुन्छ ।
https://election.gov.np/np/page/voter-list-db




