Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौँ , २ माघ । राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् । माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएकोु सूचना महासचिव गौतमले जारी गरेका हुन् । यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि विशेष कारणवश बस्न् नसक्ने सूचना जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै