Comments Add Comment

Advertisment

SKIP THIS

शीर्ष नेता कोरोनासँग लड्दै, राजनीतिक गतिविधि ठप्प

२ माघ , काठमाडौं । पछिल्लो समय काठमाण्डौँ उपत्यकालगायत देशैभरी कोरोना संक्रमितको संख्या बढदै गएपछि राजनीतिक दलका गतिविधि ठप्प भएको छ । राजनीतिक दलका शीर्ष नेताहरु नै कोरोनाबाट संक्रमित भएपछि राजनीतिक दलका पूर्व निर्धारित कार्यक्रमहरुसमेत स्थगित गरिएको छ ।

सरकारले विद्यालय बन्द गर्नुका साथै सभा, सम्मेलनसहित २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला हुनमा रोक लगाएको छ । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आवश्यकताअनुसार लकडाउन गर्न सक्नेसम्मको अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिइसकेको छ ।

विभिन्न पार्टीका शीर्ष नेताहरु नै कोरोना संक्रमित हुन थालेपछि बैठक, सम्मेलन, भेला लगायतका कार्यक्रम स्थगित भएका छन् । पूर्व निर्धारित कार्यक्रम राजनीतिक दलले स्थगित गरेका छन् । कोरोना संक्रमित नेताहरु होम आइसोलेसनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै