Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानमा ६ महिनापछि पुनः सुरु भयो एटीएम सेवा

२ माघ , काठमाण्डौँ । काबुल अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको बताइएको छ। तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन् । यसअघि एक जना मानिसले बढीमा प्रति सातामा २०० डलर झिक्न पाउँथे ।

अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास स्वरुप तालिवानले यसै साता पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरेको थियो । सरकारले सन् २०२२ को प्रथम चौमासिकका लागि बुधबार ५० करोड ८० लाख डलरको बजेट सार्वजनिक गरेको थियो । सरकारले यातायात, उर्जालगायत विकास परियोजनामा खर्च गर्ने योजना बनाएको छ । बजेट सार्वजनिकसँगै महिनौंदेखि तलब नपाएका सरकारी र महिला कर्मचारीलाई भुक्तानी दिन सुरु गरिने तालिवानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै