Comments Add Comment

Advertisment

SKIP THIS

रौतहट एमाले अध्यक्षमा त्रिभुवन साह


३ माघ , काठमाण्डौँ । नेकपा एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन् । नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको नेता प्रभु साहले जानकारी दिए । त्रिभुवन पूर्वमाओवादी नेता हुन् ।

यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् । प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै