
३ माघ , काठमाण्डौँ । नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ ।
कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा प्रभाव परेको छैन । उपचारमा कुनै कमी नहोस् भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले खबरहबसँगको कुराकानीमा बताए । जसले गर्दा उपचारमा कमी नआउने उनको दाबी छ ।
यस्तै, वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ । पैसा नलाग्ने नम्बर ११३३ मा फोन गरेर सम्पूर्ण कोरोनाको उपचारको बारेमा जानकारी पाउँने उपनिर्देशक श्रेष्ठले बताए ।








