Comments Add Comment

Advertisment

SKIP THIS

नवलपरासी पूर्वका एसपी प्रज्वल महर्जन द्वारा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान !

५ माघ , काठमाडौ । नवलपरासी पूर्वका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दारमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको ३० गतेको पत्रादेशले प्राविधिक प्रहरी समूह अन्तर्गत संचार प्रहरी प्रहरी हवल्दार बाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भएका कृष्णकान्त न्यौपाने र २ गतेको पत्रले प्रहरी जवान बाट प्रहरी हवल्दार पदमा दोन्नति भएका शुसिला के।सी।लाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक प्रज्वल महर्जन ज्यूबाट दर्ज्यानी चिन्हद्वारा शु-सोभन गर्नु भएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी उपरीक्षक प्रज्वल महर्जनले पदोन्नती हुनुभएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै उक्त अवसरमा प्रहरी उपरीक्षक महर्जन दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड९१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment