
५ माघ , काठमाडौँ । जाजरकोटमा १२ देिख १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । १२ पुसदेखि सञ्चालन भएको खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए ।
उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएको हो । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएको हो ।




