Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोराना संक्रमण


५ माघ , काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल कोरोना संक्रमित भएका छन् । पिसिआर परीक्षणबाट महासचिव भुसाललाई कोरोनाभाइरस संक्रमण भएको एकीकृत समाजवादीले जनाएको छ ।

मंगलबार सत्तारुढ गठबन्धनको बैठकमा सहभागी महासचिव भुसाललाई निरन्तर खोकी लागेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता सहभागी सो बैठकमा भुसाल पनि सहभागी थिए । उनलाई निरन्तर खोकी लागेपछि नेताहरुले कोरोना परीक्षण गर्न आग्रह गरेका थिए । त्यसपछि उनले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । यसअघि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत संक्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै