Comments Add Comment

Advertisment

SKIP THIS

आन्तरिक हवाई यात्रुले यात्रा गर्दा कोरोना खोप कार्ड अनिवार्य बोक्नुपर्ने


५ माघ , काठमाडौँ । आन्तरिक हवाई यात्रामा यात्रा गर्दा यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणित कार्ड अनिवार्य गरिएको छ । बुधबार वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्तिमार्फत हवाई यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा कोरोना खोप कार्ड वा मोबाइलमा खिचेर राखेको फोटो देखाउनुपर्ने व्यवस्था गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि) हुने ।’यसैगरी यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने, यात्रा अवधिभर माक्स खोल्न नपाइनेलगायत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै