Comments Add Comment

Advertisment

SKIP THIS

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस


६ माघ , काठमाडौँ । काठमाडौँबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस भएका छन् ।

काठमाडौँबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको हो ।

बाँके प्रहरीले जनाए अनुसार आज (विहिबार) बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै