
९ माघ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम पौष महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा कार्यालय मातहत प्रहरी चौकी घ्याल्चोक गोरखा दरवन्दी भई प्रहरी चौकी छोप्राक गोरखामा कार्यरतका प्रहरी हवल्दार अर्जुन थापालाई पुरस्कृत गरिएको छ ।

जस अनुसार प्रहरी हवल्दार अर्जुन थापालाई आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्नुको साथै आफ्नो वडा एरियामा घटेका घटनाहरुमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका थिए ।
अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा उल्लेखनिय सहयोग गरेको, अवैध रुपमा हुने ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी कार्यलाई नियन्त्रण गर्न सफल भएको साथै आफ्नो जिम्मेवार वडा एरिया भित्र उत्कृष्ट ढङ्गले कार्य गरेको पाईनुको साथै आफु खटिएको स्थानमा त्रुटीरहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गर्दै आईरहेकोले मिति २०७८।१०।०९ जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद रु.१,०००।– (एक हजार ) पुरस्कार सहित २०७८ साल “पौष” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गर्नुभयो ।




