Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीको सफलता , कारागारबाट फरार कैदी यमराज भारतबाट पक्राउ

११ माघ , काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङले ठूलो सफलता हात पारेको छ।जिल्ला कारागार कार्यालय दाङमा कर्तव्य ज्यान मुद्दामा २० बर्ष सजाय फैसला भएर थुनामा रहेका राजपुर गाउँपालिका ३ दाङका कैदी यमराज परियार २०७८ पुष ८ गते बिहान छाला सम्बन्धि बिरामी भएको भन्दै अस्पताल लैजाने क्रममा प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लगेर फरार भएका थिए।कारागारका नाइकेका रुपमा रहेका यमराजले ७ बर्ष कैद भुक्तान गरिसकेका थिए ।

तर २० बर्ष कैदको फैसला भएको उनि बाँकि कैद भुक्तान नगरेरै फरार भएपछि दाङमा खैलाबैला नै मच्चिएको थियो।प्रहरी प्रशासनले खोजतलास ब्यापक बढायो तर कतै फेला पार्न सकेन । पछिल्लो समय विभिन्न अपेरशनहरुमा सफलता बटुलेर नागरिकका मनमा बस्न सफल जिल्ला प्रहरी कार्यालय दाङलाई उक्त घटनाले झटका नै लगायो । तर जिल्ला प्रहरी दाङ पनि नआत्तिएर अपेरशन अगाडि बढायो।प्रहरीले यान्की अपेरेशनको शुरूवात गर्यो।प्रहरीले खोजतलास समितिनै गठन गर्यो । जसको संयोजक र यान्की अपेरेशनका कमान्डर थिए जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्द रिजाल,उच्च मनोबल र अब्बल छबिका डिएसपी रिजालको कमान्डमा प्रहरी टोलीले यान्की अपेरेशन अगाडि बढायो ।

अन्ततः भारतीय प्रहरीसङ्गको समन्वयमा फरार कैदी यमराजलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार नेपाल-भारत सिमा जमुना नाकाबाट पक्राउ गर्न सफल भएको छ ।

पक्राउ भएका कैदी यमराज माथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ । कानुनी प्रबाधान अनुसार कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद तोकिएको कैदी भागेर पक्राउ परेमा बाकी कैदको टेढी बढाई कैद सजाएको ब्यबस्था रहेको प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै