१० असार ,काठमाडौ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा अपराध घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा रहेका समस्या सुधारका उपाय सम्बन्धी ‘घटनास्थल अनुसन्धान अधिकृत गोष्ठी-२०८०’ सम्पन्न भएको छ ।
गण्डकी प्रदेश मातहतका मुद्दा चल्ने सम्पुर्ण प्रहरी कार्यालयहरुका अनुसन्धान अधिकृतहरुको उपस्थिती रहेको उक्त गोष्ठीमा सहभागिहरुबाट उठेका जिज्ञासा र घटनास्थल अनुसन्धान अधिकृतले घटनास्थल अनुसन्धान गर्दा देखिने त्रुटिहरु सुधारका विषयमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले स्पष्ट पारेका थिए ।
गण्डकी प्रदेशका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले घटनास्थल अनुसन्धान सम्बन्धी कार्यबिधी प्रस्तुत गरेका उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईराला र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको समेत उपस्थिति रहेको थियो ।





