Comments Add Comment

Advertisment

SKIP THIS

रशिला विश्व ब्याडमिन्टनको ७ औं स्थानमा पुग्न सफल

१२ माघ , काठमाडौँ । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरूले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीहरूको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरूको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment