०९ बैशाख , काठमाडौं । ६ ग्राम ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काकरभिट्टादेखि काठमाडौँतर्फ आउदै गरेको प्र.१-०२-००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा नागढुंगाबाट विराटनगर महानगरपालिका-५ घर भई ३० वर्षीय रामकृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


